परिचय
पशुलाई पोषणको आपूर्ति गर्न, शक्ति प्रदान गर्न, सन्तुष्ट पार्न, कुनै चीजलाई खानाको रूपमा ग्रहण गर्नेलाई फिड भनिन्छ।
फिड फॉर्म्युलेसन भनेको फिड सामग्रीहरूको मात्रा परिमाणित गर्ने प्रक्रिया हो जुन हरेक पशु पालनको लागि समान मिश्रण (आहार) गठन गर्न आवश्यक छ जसले उनीहरूको सबै पोषक आवश्यकताहरू आपूर्ति गर्दछ।
फिड मिश्रण छनोट गर्ने पक्रिया हरेक पशु अनुसार फरक पर्छ र यसलाई पशुको उमेर, तौल र विकासको चरणले निर्धारण गर्छ | यस फिड फॉर्म्युलेशन सफ्टवेरले सर्वोतकृस्ट अवयवहरूको संयोजन छनौट गर्न सहयोग गर्छ जसले पशुहरूको न्यूनतम आवश्यकताहरू भन्दा माथिको पोषक तत्वहरु युक्त मिश्रण उत्पादन गर्दछ।
फिड फॉर्म्युलेसन सफ्टवेर निर्माणका मुख्य उद्देश्यहरू
- हरेक प्रजातिको वृद्धिको लागि सबै ज्ञात पोषक आवश्यकताहरू पूरा गर्न
- फिड लागत न्यून गर्न
- स्थानिय तहमा उपलब्ध बस्तुको पौष्टिक तत्व पत्ता लगाउन
- एक क्लिकमा फिड फॉर्म्युलेसन रिपोर्ट प्राप्त गर्न
- छिटो, छरितो, भरपर्दो र किसान मैत्री सफ्टवेर निर्माण गर्न
- विभिन्न प्रकारका पशुका लागि विभिन्न प्रकारको फिड फॉर्म्युलेशन एकै ठाउँ बाट प्राप्त गर्न